झापा, कात्तिक १९ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले भद्रपुर–६, तेलीभिट्टास्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमलाई फोटोकपी मेशिन प्रदान गरेको छ ।

विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेशिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।बैंकका वजार व्यवस्थापन अधिकृत गजेन्द्र ढकालले संस्थाका व्यवस्थापन समितिका अध्यक्ष शान्ता बराललाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका चन्द्रगढी शाखाका कर्मचारी सोनाम वाङ्ग्चुक शेर्पालगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी,शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ता बरालले र्बैंकले गरेको कार्यले विद्यार्थीको सिकाइ क्रियाकलापमा अझ बढी योगदान पुग्ने भएकोले उक्त सहयोगको लागि बैकंलाई धन्यवाद ज्ञापन गरिन् ।

बैंकका तर्फबाट गजेन्द्र ढकालले बैंकको यस्तो सहकार्यले शिक्षकहरूलाई शिक्षण प्रक्रिया सुदृढ बनाउन मद्दत गर्ने र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर गर्दै, समाजको शैक्षिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने दृढ प्रतिबद्धता व्यक्त गर्ने बताए ।

कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र३ वटा एटिएमबाट २ लाख ५० हजारभन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ८ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्