झापा, कात्तिक १३ । बिर्तामोडमा मोडिफाई गरेर मोटरसाइकल कुदाउने ८ जना १३ वटा सवारी साधनसहित पक्राउ परेका छन् ।

मोडिफाई गरेर मोटरसाइकल कुदाउनेहरुको विगविगी बढेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको कमाण्डमा खटिएको १३ जनाको टोलीले बिर्तामोड नगर क्षेत्रको बिभिन्न स्थानमा सर्च अप्रेशन गरेको थियो । दुई दिनमा त्यति धेरै संख्यामा पक्राउ परेका हुन् ।

बुधवार राति १० देखि बिहानको २ बजेसम्म प्रहरी टोलीले बिभिन्न स्थानमा सर्च अप्रेशन तथा चेकिङ गरेको थियो । त्यसक्रममा शंकास्पद अवस्थामा हिडडुल गर्ने तथा मोडिफाई गरी ठुलो आवाजमा कुदाउने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरुमा अर्जुनधारा वडा न.८ बस्ने बर्ष १७ का आयुस सापकोटा, वडा नं ११ बस्ने बर्ष १७ का निशान्त बुढाथोकी, सोही ठाउँका वर्ष ३५ का राकेश थापा, बिर्तामोड वडा न.४ बस्ने बर्ष २५ का दिपक थापा,
भद्रपुर वडा न.५ बस्ने बर्ष ३६ का शिव राजवंशी , बुद्धशान्ति वडा न.५ बस्ने बर्ष २५ का अनुष खड्का रहेका छन् । सो राति प्रहरीले मे ११ प ९९६९, डव्लुबी७४बीबी २५०६ ,प्र १–०१–०१७ प १६२३ , डव्लुबी ७४एबी ६९६८ नं को कार ,प्र १–०१–०१७ प १८००,मे १ ह ५८७९ नं को अटो , प्र १–०१–०१८ प ७७५ ,प्र १–०१–०१८ प १९३१ ,मे १ प ७८११ , प्र १–०१–०१८ प ३२८२ नं को मोटरसाइकललाई नियन्त्रणनमा लिएको थियो ।

त्यस्तै गएराति ९ बजेदेखि ११बजेसम्म गरेको सर्च अपरेशन तथा चेकिङमा दुईजना मानिस पक्राउ परेका छन् । मोडिफाई गरी कुदाइएका तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड ४बस्ने बर्ष अन्दाजी २५का उत्तम बर्देवा र इलाम देउमाई ३ बस्ने बर्ष २७ का कुशल गुरुङ रहेका छन् । त्यस्तै प्रहरीले मोडिफाई गरी कुदाइएका को२५प५०५१ ,मे९प४४७३ र बा९३प३५९८ नं को मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।


झापामा स्वरूप परिवर्तन गरी ठूलो आवाजमा मोटरसाइकल चलाउने ५१ वटा सवारी साधन कारबाहीमा परेका छन् । कात्तिक १ गतेदेखि चलाइएको अभियानमा त्यति धेरै मोटरसाइकल कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट ३१ , ट्राफिक प्रहरी कार्यालय दमकबाट ५ , ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीबाट ६ , ट्राफिक प्रहरी कार्यालय सुरुङ्गाबाट २ , ट्राफिक प्रहरी कार्यालय काँकडभिट्टाबाट ५ र ट्राफिक प्रहरी पोष्ट शनिश्चरेबाट २ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कार्वाही गरिएको जानकारी दिए । उनका अनुसार त्यस कार्वाहीबाट १७ लाख ७३ हजार ५०१ रुपैयाँ राजश्व संकलन भएको छ ।

पछिल्लो समयमा झापा जिल्लाका बिर्तामोड, दमक, काँकडभिट्टा लगायतका विभिन्न सहरहरूमा दुई पांग्रे सवारी साधनहरूले स्वरूप परिवर्तन गरी रातको समयमा चर्को आवाजमा सवारी सञ्चालन गर्ने विगविगी बढेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्