झापा, कात्तिक २१ । झापाको दमकमा कुदिरहेको स्कोरपियोमा अचानक आगलागी भएको छ ।

हिजो साँझ ६ः४० बजे दमक –४ स्थित मावा पुलमा इलामबाट धनगढीतर्फ जाँदै गरेको मे.१च.७३२ नम्बरको स्कोरपियोमा चलिरहेको अबस्थामा अचानक आगलागी भएको हो । आगलागीबाट मानबीय क्षति केहि नभएको तर गाडीको अगाडी इन्जिनको भाग जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगलागी भएको गाडी ग्यारेजमा लगेर राखिएको छ ।



