झापा, कात्तिक २१ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने चारजना पक्राउ परेका छन् ।

प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने , आगजनी गर्ने , प्रहरीलाई कुट्ने चारजनालाई पक्राउ गरिएको हो । आज दिउँसो २ बजे बिर्तामोड ५ त्रिवेणी चोकबाट अर्जुनधारा ६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडको कार्यालय तोडफोड तथा आगजनीमा संलग्न ती दम्पतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रहरीलाई कुटपिट गर्ने अर्का एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिर्तामोड वडा न.५ बस्ने वर्ष २६ का नवराज राई रहेका छन् । उनलाई कात्तिक २० गते साँझ ६ बजे खोजतलासको क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुर एरियाबाट पक्राउ गर्न सफल भएको हो । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडमा आक्रमण गरि राईले झापामा कार्यरत प्रहरी हवल्दार बिजय खड्कालाई कुटपिट गरी गम्भीर घाइते बनाइ फरार भएका थिए । राईलाई आवश्यक अनुसन्धानको लागि आज इप्रका बिर्तामोडमा ल्याई ज्यान मार्ने उद्योग कसुरमा दर्ता गरी जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अहिलेसम्म चारजनालाई पक्राउ गरिएको र अन्यको पहिचान गर्ने कार्य भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्नेहरुको भिडियो र फोटोको आधारमा पहिचान गर्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्