झापा, कात्तिक २२ । बिर्तामोडमा आफ्नै कोठाबाट एक व्यक्तिको मोटरसाइकल चोरी भएको छ ।

शुक्रवार बिहानको राति अन्दाजी २;३०बजे सुनसरी इटहरी –७ घर भई हाल बिर्तामोड –१ पाथीभरा टोलमा कोठा लिई बसेका रामकुमार सार्कीले आफ्नै कोठा अगाडी पार्किङ गरिराखेको प्र.१–०२–०४प८३१८नम्बरको रातोकालो २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको हो ।
उनले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।



