झापा, कात्तिक २६ । चर्चित बलिउड अभिनेता धर्मेन्द्रलाई मुम्बईको ब्रीच केन्डी अस्पतालबाट घर लगिएको छ ।

धर्मेन्द्रलाई करिव तीन साताअघि सास फेर्न गाह्रो भएको थियो । उनलाई निमोनिया भएपछि अस्पतालमा भर्ना गरिएको थियो । ब्रीच केन्डीमा धर्मेन्द्रलाई उपचार गर्ने चिकित्सक टीममध्येका डाक्टर प्रतीत समदानीले आज बिहान धर्मेन्द्रलाई ब्रीच केन्डी अस्पतालबाट घर लगिएको जानकारी दिए । उनले धर्मेन्द्रको स्वास्थ्य अवस्थाका बारेमा केही पनि बताउन चाहेनन् ।
यसअघि धर्मेन्द्रकी पत्नी हेमा मालिनी र छोरी इशा देओलले धर्मेन्द्रको निधन भएको भन्दै मिडियामा आएको समाचारप्रति आपत्ति जनाएका थिए ।



