झापा,कात्तिक २७ । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो।
साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।



