झापा, कात्तिक २९ । झापामा चोरीका घटना बढ्दै गएको छ ।

दुई दिनमा दुईवटा सिटी सफारी र एउटा मोटरसाइकल चोरी भएको हो । हिजो बिहानको राति बिर्तामोड –५लायना होटल अगाडी चार्जमा राखेको मेचीनगर– ६ धुलाबारी बस्ने ३३ वर्षीय रोशन राजवंशीको नाममा रहेको प्र१–०१–०२ ह ५७९९नम्बरको हरियो रङको सिटी सफारी चोरी भएको छ ।
त्यसअघि कात्तिक २६ गते राति मेचीनगर नगरपालिका वडा नम्बर –१० आम्दा रोड बस्ने बिष्णुप्रसाद पौडेलको घरअगाडि पार्किङ गरी राखिएको प्र.१–०१–००२ ह२४९२ न.को सिटी सफारी हराएको थियो । कात्तिक २७गते दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा सिटीधनी पौडेलले निवेदन दिएपछि खोजतलासका क्रममा चिया बगानमा सो सिटी सफारी भेटिएको प्रहरी निरीक्षक नकुलराज गौतमले जानकारी दिए ।
त्यस्तै हिजो विहान ११ बजेतिर झापा गाउँपालिका वडा नं.६चप्रामारीस्थित बाटोमा पार्किङ गरी सोही स्थानमा धान काट्ने क्रममा वडा नं.४बस्ने इजाबुल भामको नाममा दर्ता रहेको प्र १–०१–०१४प७९३नम्बरको रातो कालो रङको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको छ । यसअघि गत साता बिर्तामोडमा दुईवटा मोटरसाइकल चोरी भएको थियो ।



