झापा, कात्तिक ३० । झापाको भद्रपुरमा कुर्सीबाट लडेर एकजना बालकको मृत्यु भएको छ ।

हिजो साँझ सवा ५ बजे भद्रपुर २ गौरीशंकर बस्ने धु्रव राईका छोरा वर्ष ६ का आयन राई आफ्नै घरको आँगनमा खेल्ने क्रममा कुर्सीबाट लडेर अचेत भएका थिए । उनका बुबाले देखेर तत्काल उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
बालकको भवितब्यले मृत्यु भएको भन्दै मृतकका बुवाले पोस्टमार्टम गर्न नदिई आवश्यक समन्वय गरी शव बुझेर लगेको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो २ बजे मेचीनगर– ८जोरसिमलस्थित पूर्बपश्चिम राजमार्गमा काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १ –०२–००२ख०८८१नं. को नागरिक बसबाट झरेर एक यात्रु घाइते भएका छन् । सोही बसमा सवार यात्रु मेचीनगर १० टिकापुर बस्ने २४वर्षीय रोहित परियार झरेर घाइते भएका हुन् ।
अनुहारमा चोट लागेका घाइते परियारलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी लगिएको छ । बस र बस चालक बिराटनगर ४बस्ने बर्ष ३०का बिपिन मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।



