झापा, मंसिर १ । झापाको दमक २ स्थित मानव उद्धार सेवा केन्द्रबाट तीनजना महिला फरार भएका छन् ।

गएराति ३४ वर्षीया मीना तामाङ, ३० वर्षीया शान्ति मगर र २४ वर्षीया विनिशा गौतम मानव उद्धार सेवा केन्द्रबाट फरार भएका हुन् । उनीहरुलाई विभिन्न स्थानबाट उद्धार गरी मानव उद्धार सेवा केन्द्रमा ल्याएर राखिएको थियो ।

सोही संस्थाका कर्मचारीले जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्