झापा, मंसिर २ । झापामा खाटबाट लडेर प्रहरीसहित दुईजना घाइते भएका छन् ।

मोरङ बेलबारी– ५घर भएका इलाका प्रहरी कार्यालय धुलाबारी दरबन्दी भई इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी सहायक हवल्दार ३८ वर्षीय मिथुनकुमार माझी शनिवार राति खाटबाट लडेर घाइते भएका हुन् ।

उनी ब्यारेकमा सुतेको बेला खाटबाट अचानक लडेका थिए । मनमोहन अस्पताल बिर्तामोडमा सामान्य उपचार गराई थप उपचारको लागि उनलाई नोबेल अस्पताल बिराटनगर पठाइएको छ ।

त्यस्तै हिजो साँझ ५ बजे अर्जुनधारा ३ खुदुनाबारी बस्ने ३२ वर्षीय पदम दर्जी आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा खाटबाट लडेर घाइते भएका छन् । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्