झापा, मंसिर २ । भारतमा रेल दुर्घटनामा परी झापा कचनकवलका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ पगलीभिट्टा निवासी कार्तिक मियाँका छोरा फरमुद आलम रहेका छन् ।
पारिवारिक स्रोतका अनुसार आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा हिजो राति उत्तर प्रदेश राज्य जागिपुर रेलवे स्टेसननजिकै लडेर गम्भीर घाइते भएका थिए । घाइते आलमको त्यही मृत्यु भएको हो।

उनी कामको सिलसिलामा केही महिना अगाडि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । शवको कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्