झापा, मंसिर ३ । जेनजी आन्दोलनका क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिर्तामोड ८ गरामनी बस्ने वर्ष ३६का गंगाराम लिम्बू र बिर्तामोड ७ मुसहरडाँडा बस्ने वर्ष १९ का सेशेहाङ इङ्नाम लिम्बू रहेका छन् । हिजो बिहान अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैलाई आ–आफ्‌नो घरबाट नियन्त्रणमा लिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

योसंगै भदौ २४ को जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ पर्नेहरुको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्