बिर्तामोड, मंसिर ४ । पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस एक्सचेन्ज मेनिया’ संचालन गर्ने भएको छ ।


बिर्तामोडमा दुई चक्के सवारीसाधन टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि यही मंसिर ७ देखि १२ गतेसम्म ‘टिभिएस एक्सचेन्ज मेनिया’ नामक विशेष अफर संचालन गर्न लागेको हो ।

बिर्तामोडको पश्चिम बस स्ट्यान्डमा सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन प्राप्त गर्न सकिने सञ्चालक याम कार्कीले बताए । उनले ग्राहकहरूलाई यसपटक अलि फरक अफर दिने बताउँदै जुनसुकै अबस्थाका बाइक वा स्कुटर ल्याउँदा ३० हजारसम्मको भ्यालुएसन प्राप्त गर्न सकिने जानकारी दिए ।

साथै, यो अफरअन्तर्गत ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप मूल्य, ८ हजार रुपैयाँसम्मको नगद छुट र निःशुल्क बाइक एसेसरिज समेत प्राप्त गर्न सक्ने सञ्चालक सजेश शिवाकोटीले बताए । कार्यक्रममा सहभागी भएर क्युआर कोड स्क्यान गर्ने ग्राहकहरूले थप उपहार जित्ने अवसरसमेत रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्