झापा, मंसिर ४ । गौहत्या गरेर फरार रहेका इलाम चुलाचुलीका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ४८ का दलबहादुर भन्ने तिलबहादुर राई रहेका छन् । गौवध मुद्दामा घटनापछि फरार रहेका राईको बारेमा इलाम जिल्ला अदालतले २०७२ साल माघ २४ गते १२ वर्ष कैद सजाय तोकेको थियो । खोजतलास गर्ने क्रममा आज इलाम नगरपालिका–७ बाट उनलाई पक्राउ गरिएको हो ।

उनलाई इलाम जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि आजै कारागार कार्यालय इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्