झापा, मंसिर ५ । झापाको बुद्धशान्तिमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

गएराति ८.४० बजे बुद्धशान्ति ४ किरात चोक बस्ने उदय राईको इटाको वाल र टिनको छानो भएको दुईतले पुरानो घरमा आगलागी भएको हो । ग्वालीको रुपमा प्रयोग गरिएको सो घरमा चुलोबाट अचानक आगो सल्किएको हुनसक्ने आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा टोली खटिएर स्थानीयबासी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति ९ः२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिएको थियो ।आगलागीबाट घर र घरभित्र रहेका काठपात पूर्णरुपमा जल्दा १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्