झापा, मंसिर ७ । झापाको मेचीनगरमा ट्रयाक्टरसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो साँझ ६ बजे मेचीनगर –१५ हेद्लुबारीस्थित भित्री सडकखण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ न.को मोटरसाइकलले रोडको साईडमा रोकिराखेको प्र.१–०१–००१ त. ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३८ वर्षीय बिनोद राउत र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गंभीर घाइते भएका थिए ।

टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर गंभीर घाइते दुवैजनालाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । साँझ ७ः४५ बजे बीएण्डसी अस्पतालमा घाइते राउतको उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर –१५ बस्ने ३० वर्षीय होप्ना हस्दालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्