झापा, मंसिर ७ । झापा बिर्तामोड वडा नं ७ मा एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ ।

बिर्तामोड वडा न.७ मियाबारीस्थित रेखा खोलानजिक वडा नं .६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शंकास्पद अबस्थामा शव फेला परेको हो ।

गएराति १०ः४० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली पुगेको थियो । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो । राति १बजे कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ४८वर्षीय पुरन चौधरी र वडा नं ७ बस्ने ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्