झापा, मंसिर ७ । जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका बन्दी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ बस्ने २९ वर्षीय आशिष सुब्बा रहेका छन् । सालकको अखेटोपहार मुद्दामा सुब्बालाई पुर्पक्षका लागि चितवन कारागार पठाइएको थियो ।

आफ्‌नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आज साँझ ५.३० बजे उनलाई नियन्त्रणमा लिएको हो । उनलाई इप्रका झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्