झापा, मंसिर ८ । लागूऔषध ब्राउनसुगरसहित झापा अर्जुनधारा –२ खुदुनाबारीका एक युवक पक्राउ परेका छन् ।

हिजो साँझ ७ः४० बजे भद्रपुरस्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री अर्जुनधारा –२ खुदुनाबारी बस्ने ३१ वर्षीय बिरबहादुर कुमाललाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ६ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्