झापा, मंसिर ११ । झापामा अवैधरुपमा गाँजा खेती गर्ने गरेको पाइएको छ ।

दक्षिणी सिमावर्ती क्षेत्रमा लुकिछिपी ठूलो क्षेत्रफलमा गाँजा खेती गर्ने गरेको भेटिएको हो । बाह्रदशी गाउँपालिका –२ खाडी बस्तीमा गाँजा खेती गरिरहेको भेटिएपछि प्रहरीले नष्ट गरेको छ ।

हिजो दिउँसो २.३० बजे खाडी बस्तीमा गाँजा खेती गरिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवसकुमार कार्कीको कमाण्डमा ७ जनाको टोलि खटिएर गाँजाका २१२ बोट फडानी गरी नष्ट गरेको छ ।


प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्