झापा, मंसिर ११ । झापामा मोटरसाइकल चोरी बढेको छ । प्रायः दिनहुँ मोटरसाइकल हराउन थालेको छ ।


हिजो साँझ अन्दाजी ६;१५ बजे बिर्तामोड ४ ओमशान्ति टोल बस्ने राजन राजवंशीले आफ्नै घरअगाडी पार्किङ गरी राखेको कालो रंगको प्र.१–०१–०१५प१६८६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको छ । दुईजना अपरिचित ब्यक्तिहरुले मोटरसाइकलमा आई चोरी गरी लगेको मोटरसाइकल धनीले प्रहरीमा निवेदन दिएका छन् ।

त्यसको अघिल्लो राति दमकबाट एउटा मोटरसाइकल हराएको थियो । मंगलवार राति १० बजे दमक १० बस्ने अनिष बानियाँको नाममा दर्ता भएको प्रदेश १–०१–०१४प७९४८नम्बरको सेतो कालो रंगको मोटरसाइकल दमक ५मा पार्किङ गरी राखेको ठाउँबाट चोरी भएको हो । मोटरसाइकल धनीले हिजो इलाका प्रहरी कार्यालय दमकमा निबेदन दिएका छन् ।

त्यस्तै मंसिर ६गते अन्दाजी बिहान ९ः५८ बजे दमक २ गुम्बा चोकमा प्र १–०१–०१३ प २६७३ न. को सुजुकी कम्पनीको १५०सीसीको खैरो रंगको मोटरसाइकल वेबारिसे अबस्थामा फेला परेको थियो । उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको छ ।

सोही दिन दिउँसो अन्दाजी १ः३५बजे बिर्तामोड २ आदर्शनगरस्थित सडकछेउमा पार्किङ गरी राखेको निलो रंगको मे १०प ६७०० नम्बरको होण्डा साइन मोटरसाइकल हराएको थियो । पछि दिउँसो ३.४० बजे हराएको भनिएको सुशिलकुमार बस्नेतको सो मोटरसाइकल १५०मिटर दक्षिणमा फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्