झापा, मंसिर ११ । आसन्न नेकपा एमालेको ११ औ महाधिवेशनमा भाग लिन प्रतिनिधि छनौटका लागि झापाबाट १४८ जनाले उम्मेद्वारी दिएका छन् ।

३८ जना महाधिवेशन प्रतिनिधिका लागि चार गुणा बढीले उम्मेद्वारी दिएका हुन् । खुल्लातर्फ ८३ , महिलातर्फ ३० , युवातर्फ २८ र दलिततर्फ ७ जना उम्मेद्वार बनेका हुन् । निर्वाचन क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा ६ जनाको लागि १३ , क्षेत्र नं २ मा ९ जनाका लागि ४८ , क्षेत्र नं ३ मा ६ जनाको लागि २५ , क्षेत्र नं ४ मा ७ जनाको लागि १६ , क्षेत्र नं ५ मा ८ जनाको लागि ३९ र दलित क्लस्टरमा २ जना महाधिवेशन प्रतिनिधिका लागि ७ जनाको उम्मेद्वारी परेको एमाले जिल्ला पार्टी कार्यालयका कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिएका छन् ।
क्षेत्र नं १ मा दोब्बर उम्मेद्वारी
झापा क्षेत्र नं १ मा १३ जनाको उम्मेद्वारी परेको छ । उनीहरुबाट ६ जना महाधिवेशन प्रतिनिधि छानिने छन् । खुल्लातर्फ हर्कबहादुर बस्नेत , लक्ष्मीकुमार राई , असारु राजवंशी , गोविन्द गिरी , खेमराज पोखरेल , जगन्नाथ भट्टराईले उम्मेद्वारी दिएका छन् । त्यस्तै महिलातर्फ दुर्गा डाँगी( रेनुका) , जानुकादेवी ओली र रमा भण्डारी ढकालको उम्मेद्वारी परेको छ । त्यस्तै युवातर्फ दिपक बराल , रघुनाथ धिमाल , मानबहादुर तामाङ र प्रितम काफ्ले उम्मेद्वार बनेका छन् ।
सबैभन्दा बढी उम्मेदवार २ मा
झापा क्षेत्र नं २ मा सवैभन्दा बढी ४८ जनाको उम्मेद्वारी परेको छ । खुल्ला , महिला र युवाको कोटाबाट गरी ९ जना महाधिवेशन प्रतिनिधि छानिनु पर्नेमा पाँच गुणा बढी उम्मेद्वारी परेको हो । उम्मेद्वारी दिनेहरुमा कोशी प्रदेश सरकारका मन्त्री एकराज कार्की, प्रदेश सांसदहरु चिन्तन पाठक, कमला थापा मगर, नगर प्रमुखहरु पवित्रादेवी महतारा , बलदेवसिंह गोम्देन , उपप्रमुख नगेन्द्र संग्रौला , एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी , विभिन्न वडाका वडाध्यक्षहरु , वडा सदस्यहरुलगायत छन् ।
खुल्ला सदस्यबाट ६ जना छानिनु पर्नेमा ३४ जनाले उम्मेद्वारी दिएका छन् । खुल्लातर्फ उम्मेद्वारी दिनेहरुमा नगेन्द्रप्रसाद संग्रौला,सुरेन राजवंशी,भीमचन्द्र भट्टराई,इच्छाबहादुर मिजार,भिष्मराज खरेल,अफ्रोज खाँ पैठान,चिन्तन पाठक,कमल गुरागाई,बद्रीप्रसाद भट्टराई,देवराज कार्की,गणेशप्रसाद पोखरेल,खगेन्द्र नेपाल,बृख प्रधान,प्रेमबहादुर गिरी,सुभास भट्टराई,नेत्रप्रसाद रिजाल,हरिप्रसाद ओझा,पुष्पकुमार प्रसाई, कृष्ण भट्टराई,प्रेमबहादुर कटुवाल,मोहम्मद इस्लाम अन्सारी,हडम मुर्मु सतार,राजकुमार ओली,रोमनीकुमार भट्टराई,एकराज कार्की,बलदेवसिंह गोम्देन तामाङ,हरिप्रसाद बास्कोटा, सञ्जिव सापकोटा,राहुलकुमार शर्मा,नेत्रप्रसाद पौडेल,खगेन्द्र इङ्नाम, विष्णुप्रसाद भट्टराई,उदयनारायण ढुंगाना र रमेश उप्रेती रहेका छन् ।
त्यस्तै महिलाबाट दुईजना महाधिवेशन प्रतिनिधि छानिनु पर्नेमा ६ जनाले उम्मेद्वारी दिएका छन् । महिलातर्फ पवित्रादेवी महतारा प्रसाई,पवित्रा पाठक,सीता उप्रेती पाठक,सुनिता खरेल,कमला भण्डारी,कमला थापा मगरले उम्मेद्वारी दिएका हुन् ।
त्यस्तै युवाबाट एकजना महाधिवेशन प्रतिनिधि आवश्यक भएकोमा ८ जनाले उम्मेद्वारी दिएका छन् । युवातर्फ सुमन नेम्बाङ,अनिल वाग्ले,सागर घिमिरे,खगेन्द्रराज आङ्देम्बे (राज),विकास गिरी,दिवाकरलाल चौधरी,अनिता कन्दङ्वा र उमा पाण्डे (रोजिना)ले उम्मेद्वारी दिएका हुन् ।
क्षेत्र नं ३ मा कडा प्रतिष्पर्धा
झापा क्षेत्र नं ३ मा २५ जनाको उम्मेद्वारी परेको छ । ६ जना महाधिवेशन प्रतिनिधिका लागि चार गुणा बढीले उम्मेद्वारी दिएका हुन् ।
खुल्लातर्फ माधव विद्रोही भण्डारी,मोहनचन्द्र रेग्मी,छविलाल चुडाल,बसन्त बानिया,त्रिलोचन सापकोटा,तोयानाथ पोखरेल,लक्ष्मण पाठक,सन्तलाल मेचे ,विरेन्द्रप्रसाद राजवंशी ,फणिन्द्रबहादुर कटुवाल,कृष्ण विमली,तिलबहादुर राई र शिवकुमार राजभण्डारीले उम्मेद्वारी दिएका छन् भने महिलातर्फ कौशल्या दाहाल (अधिकारी),विन्दा अधिकारी निरौला,शान्तादेवी खरेल,कल्पना रेग्मी ,शान्तादेवी गौतमले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै युवातर्फ हरिकृष्ण अधिकारी,हेडम्बराज निरौला,दुर्गाबहादुर बन (बासु) ,सागर पोर्तेल,अग्नीप्रसाद सापकोटा ,द्रोणविक्रम कोइराला र नरेशप्रसाद चुडालको उम्मेदवारी परेको छ ।
सबैभन्दा कम उम्मेद्वारी ४ मा
झापा क्षेत्र नं ४ मा ७ जना महाधिवेशन प्रतिनिधिका लागि १६ जनाको उम्मेद्वारी परेको छ । खुल्लातर्फ कमलप्रसाद लामिछाने,हिराकुमार थापा ,राधाकृष्ण खनाल ,मेगाहाङ थोप्रा (रोषन) ,धनबहादुर थेवे ,लालप्रसाद साँवा लिम्बु (एलपी) ,रबिन्द्र लम्साल ,हिमबहादुर कार्की , तुलसी मैनाली र भैरवकुमार श्रेष्ठको उम्मेदवारी पर्दा महिलातर्फ देवीमाया अधिकारी (कोइराला),कल्पना चम्लागाईं (कोपिला) ,गोमा रिजाल ,कृष्णमाया भुजेल उम्मेद्वार बनेका छन् । त्यस्तै युवातर्फ रोशन सुवेदी र प्रदीप गोले (फुर्वा) को उम्मेद्वारी परेको छ ।
ओलीको क्षेत्रमा आकांक्षी धेरै
एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र ५ मा ८ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाको उम्मेद्वारी परेको छ । खुल्लातर्फ चक्रबहादुर गुरुङ ,तुलसी कार्की,होमबहादुर थापा, जीवन राई (हर्कबहादुर राई), राजकुमार थापा,वोधप्रसाद घिमिरे,अम्विकाप्रसाद खनाल,शिव ढुंगेल, गेहनाथ पौड्याल,राजेन्द्रकुमार सुवेदी,भिमराज लिम्बू केरुङ,अमर शिवाकोटी,छत्रपति सुवेदी, आनन्दकुमार लिम्बू ,मदनप्रसाद अधिकारी,दुर्गाप्रसाद गौतम,नगेन्द्र भण्डारी,उत्तम भट्टराई, बलराम गजुरेल ,चन्द्र सुब्बा ,पृथ्वीपति राईले उम्मेद्वारी दिएका हुन् ।
त्यस्तै महिलातर्फ , लिला ढुंगेल (दाहाल) ,दुर्गादेवी खनाल (काफ्ले),पार्वता ढकाल ,कल्पना अधिकारी ,तनुजा दुलाल ,भगिरथा उप्रेती,देवीमाया श्रेष्ठ,अम्विकादेवी अधिकारी ,नर्वदा उप्रेती गौतम, मुना सिग्देल ,लोकमाया ढुंगाना र निर्मला पाठकले उम्मेद्वारी दिएका छन् । त्यस्तै युवातर्फ युवराज पौड्याल (विवश),सुजन खरेल ,सुशिलकुमार राई,कमल पौडयाल ,कान्तिदीप काफ्ले र डेन्जोङ शेर्पाको उम्मेद्वारी परेको छ ।
दलिततर्फ को हुन् दुईजना भाग्यमानी ?
दलित क्लस्टरबाट ७ जनाको उम्मेद्वारी परेको छ । दुईजना महाधिवेशन प्रतिनिधिका लागि त्यति धेरैजनाको उम्मेद्वारी परेको हो । दलित क्लस्टरबाट छविलाल विश्वकर्मा , काशीराम विश्वकर्मा , कृष्ण कनाल , नीता घतानी , गोपाल विश्वकर्मा , टीकाराम बयलकोटी र भोला परियारले उम्मेद्वारी दिएका छन् । झापामा १८ हजार ३३४ जना संगठित सदस्य रहेका छन् ।



