झापा, मंसिर १२ । झापाको दक्षिणी सिमावर्ती क्षेत्र बाह्रदशी गाउँपालिकामा घर–घरमा गाँजाको बोट रोपेको भेटिएको छ ।

प्रहरीले हिजो र अस्ति गरी दुई दिनमा ३६२ वटा बोट फडानी गरी नष्ट पारेको छ । बुधवार २१२ वटा बोट फाडेको प्रहरीले हिजो थप १५० वटा बोट फडानी गरी नष्ट गरेको हो । हिजो दिउँसो ३.३० बजे बाह्रदशी –२ चैतनवारी राजवंशी टोलमा रोपिएका १५० वटा गाँजाको बोट प्रहरीले फडानी गरेको हो ।

विभिन्न व्यक्तिहरुले आँगन र खेतवारीमा गाँजा खेती गरेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवसकुमार कार्कीको कमाण्डमा ५ जना र सशस्त्र प्रहरी बल भागुडुब्बाबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुभाष अधिकारीको कमाण्डमा ४जनाको संयुक्त टोली खटिएको थियो । सो टोलीले ६ जनाको घरबाट १५० वटा बोट फडानी गरेको जनाइएको छ । अब बाह्रदशीमा गाँजाको बोट नरहेको प्रहरी नायव निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्