झापा, मंसिर १६ । भारतबाट ल्याएको अवैध माछा प्रहरीले बरामद गरेको छ ।

आज दिउँसो १२.४० बजे झापा गाउँपालिका १ रसुनगंज सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु ६० हजार बराबरको अन्दाजी २०० केजी रहुँ जातको माछा बरामद गरेको हो । ती माछा बिओपीमा ल्याई खाल्डो खनेर नष्ट गरिएको जनाइएको छ ।



