झापा, मंसिर १७ । झापामा दलित निर्बाचन ईकाईबाट छविलाल विश्वकर्मा र टीकाराम बयलकोटी नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

दुईजनाको कोटामा ७ जनाले उम्मेद्वारी दिएपनि अन्ततः दलित क्लस्टरतर्फ सर्वसम्मतले महाधिवेशन प्रतिनिधि चयन भएको हो ।

दलित क्लस्टरबाट छविलाल विश्वकर्मा , काशीराम विश्वकर्मा , कृष्ण कनाल , नीता घतानी , गोपाल विश्वकर्मा , टीकाराम बयलकोटी र भोला परियारले उम्मेद्वारी दिएका थिए । अरु क्लस्टरमा निर्वाचन भएपनि दलिततर्फ सर्वसम्मत गराउने गरी सहजीकरण समिति बनेको थियो । सोही समितिले छविलाल र टीकारामको नाममा सर्वसम्मति कायम गराउन सफल बनेको हो ।

योसंगै झापामा ३८ जना महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया पूरा भएको छ ।

१ प्रतिक्रिया

  1. पदिय शक्ति प्राप्त गर्न जुन धरातल प्रयोग गरिन्छ जब पद प्राप्त हुन्छ तब ती सब गाडगुल्ली हुन्छ ! मान प्रतिष्ठा र इज्जत चाहाने हो भने खुला प्रतिस्पर्धा गर्नुपर्छ जस्को मान मर्यदा बिशिस्ट हुन्छ !
    त्यो धरातल प्रयोग गर्ने भनेको पहुचहिन , योग्य , दक्ष र शिक्षित ब्यक्तिको लागि हुनुपर्छ !
    आफू त यथार्थ बोल्ने मान्छे , कसैलाई असजिलो भएमा no sorry !!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्