झापा, मंसिर १९ । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि झापाबाट निर्वाचित भएकामध्ये आधा दर्जनले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने आकांक्षा राखेका छन् ।

निर्वाचित हुने प्रायः सबैले केन्द्रमा जाने चाहना राखेपनि आधा दर्जनले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरिरहेको बुझिएको छ ।
निवर्तमान सांसद एलपी साँवा , कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की , प्रदेश सांसद चिन्तन पाठकलगायतले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरिरहेको एक महाधिवेशन प्रतिनिधिले बताए । झापाबाट खुल्ला , महिला , युवा र दलितबाट ३८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।



