झापा, मंसिर २० । प्रतिनिधि सभाको निर्वाचन र एमाले महाधिवेशन नजिकिदै जाँदा सामाजिक संजालमा अध्यक्ष केपी ओलीका बारेमा यतिबेला दुईवटा प्रचारले ठाउँ पाएको छ ।


एउटा सकारात्मक र अर्को नकारात्मक । नेकपा एमालेको ११ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्यानलसहित अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरिरहँदा ओलीलाई जिताउन उनका समर्थकहरु जोडतोडले लागिरहेका छन् । ओलीको फोटो राखेर ‘मेरो होइन माटोको बोली ,फेरि एकपटक केपी ओली’ भन्ने नारासहितको प्रचार गरिरहेका छन् । तर, ओलीका विरोधीहरुले त्यही डिजाइनलाई दुरुपयोग गरी ‘कलिला युवालाई मार्‍यो ताकी गोली, अब चाहिन्न केपी ओली’ भन्ने नारासहितको पोस्ट गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीकै पालामा भएको जेनजी आन्दोलनमा ७० भन्दा बढीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्