झापा, मंसिर २१ । बन्द अबस्थामा रहेको दमकको तुलसी बहुमुखी सहकारी संस्थाको कार्यालय भवनमा आगो लगाई तोडफोड गर्ने चारजना पक्राउ परेका छन् ।

हिजो राति १.४० बजे दमक वडा न.९स्थित हाल बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको सटरमा आगो लगाई तोडफोड गर्ने चारजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी ४ बस्ने २० वर्षीय आकाश खड्का ,दमक ९ बस्ने २५ वर्षीय आकाश सोरेन ,धनकुटा पाख्रिबास ८बस्ने २२ वर्षीय सुजन दर्जी र उर्लाबारी १बस्ने २१ वर्षीय बिक्रम तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सटर फोड्न प्रयोग हुने फलामको औजार पिलास १ थान,फलाम काट्ने कैँची १थान, काँटी उखाल्न प्रयोग हुने फलामको रड १थान, हथौडा १थान,पन्यँु १ थान र पेट्रोलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



