झापा, मंसिर २१ । भारतबाट ल्याएको ४१७ केजी अवैद्ध माछा प्रहरीले बरामद गरेको छ ।

आज बिहान ११ः२० बजे कन्काई नगरपालिका ३ सव डिभिजन वन कार्यालयनजिकै बाटोको छेउमा भन्सार छलेर क्वारेन्टाइन समेत नगरी अबैध रुपमा ल्याइएको माछा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेको हो ।
अन्दाजी १ लाख ५० हजार मूल्यको मुंग्री,सिलन,रहुँ र बम्प्लेट जातका ती माछा कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरिएको जनाइएको छ ।



