कुमरखोद,मंसिर २१ । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको उत्सव उत्थान कृषि सहकारी संस्थाको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


कुमरखोद रेडक्रस सोसाईटीको सामुदायिक सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष जयनारायण शाहको अध्यक्षता तथा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

अध्यक्ष शाहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १८६ जना शेयर सदस्य रहेको उक्त संस्थामा आगामी आर्थिक वर्षमा झापा गाउँपालिकाको सातै वडामा शेयर सदस्य विस्तार गर्ने लक्ष्य रहको बताए । यस संस्थाले ७४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको शेयर पूँजी हाल ५० लाख ९७ हजार ९ सय ७८ र बचततर्पm १८ लाख ९५ हजार ९ रुपैयाँ रहेको छ । सम्पूर्ण खर्च कटाएर संस्थाले यो आर्थिक वर्ष २०८१/८२ मा ६ लाख ६६ हजार ६ सय ५२ रुपैयाँ मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।

ऋण उपसमितिका संयोजक सुन्दरलाल गणेशले स्वागत मन्तव्य गरेको कार्यक्रममा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलिया, वडा नं १ का अध्यक्ष राजकुमार यादव , टाँघनडुब्बा साना किसान कृषि सहकारीका अध्यक्ष केशवकुमार कटुवाललगायतले शुभकामना मन्तव्य राखेका थिए । साना किसान कृषि सहकारी संस्थाकी व्यवस्थापक कल्पना खड्काले कार्यक्रम संचालन गरेकी थिइन् ।

कार्यक्रममा न्यायिक समिति सदस्य राजकुमार कोच , पिछडा उत्थान कृषि सहकारीका अध्यक्ष कृष्ण केवरत , कुमरखोद साना किसान कृषि सहकारीका अध्यक्ष सुजता पोख्रेल , कुमरखोद रेडक्रस सभापति पशुपतिलाल गणेशलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्