झापा,मंसिर २२ । गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ।

मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाले सूचना जारी गरेर आन्दोलनमा मारिएका ४५ जनाको नामावली सबै जिल्ला प्रशासन कार्यालयमा राख्न परिपत्र गरेको हो ।
परिपत्रमा ३ दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा निर्देशन दिइएको छ । गृहमन्त्रीस्तरीय निर्णय भएको त्यो विषय शाखाका अधिकृत पदमबहादुर खत्रीले परिपत्र गर्दै राख्न निर्देशन दिएका हुन् ।



