झापा, मंसिर २२ । कियाले बिर्तामोडमा आफ्नो नयाँ शोरूम आधिकारिक रूपमा आज उद्घाटन गरेको छ ।

नेपालका लागि एकमात्र अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको संचालनमा किया शोरुम बिर्तामोडमा खोलिएको हो । जसले कोशी प्रदेशमा सेवा, पहुँच र ग्राहक अनुभवप्रति कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। सोरूमको उद्घाटन कन्टिनेन्टल ग्रुपकी निर्देशक रेखा घिमिरेले गरेकी हुन् । कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका उप–महाप्रबन्धक मनजीत पोखरेल, मार्केटिङ प्रमुख विवेक लेखक, सेवा प्रमुख अमित चौधरी, मार्केटिङ अफिसर निरात न्यौपाने, किया गैरिधारा सहायक प्रबन्धक राकेश विश्वकर्मा, बिर्तामोड सोरुम प्रबन्धक ममता राजवंशी, बिराटनगर किया शोरूम प्रबन्धक कुशल लामिछाने तथा किया बिर्तामोड शोरूम टिमका सदस्यहरू उपस्थित थिए।

यस उद्घाटनसँगै बिर्तामोड शोरूमको पूर्ण सञ्चालन अब नेपालका लागि एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा. लि. ले सम्हाल्ने भएको छ। यो परिवर्तनले स्थानीय ग्राहकहरूलाई अझ एकीकृत र विश्वसनीय ब्राण्ड अनुभव प्रदान गर्ने कम्पनीले अपेक्षा गरेको छ।

नयाँ बिर्तामोड शोरूमले ग्राहकहरूलाई आधुनिक तथा लोकप्रिय किया मोडेलहरू एउटै छानामुनि उपलब्ध गराउनेछ। साथै, अझ सुव्यवस्थित सेवा सुविधा र सुधारिएका टचप्वाइन्टहरू मार्फत ग्राहकहरूको सम्पूर्ण यात्रालाई सहज बनाउने लक्ष्य राखेको छ।


यी शोरुमको पुनः सञ्चालनको प्रमुख आकर्षण भनेको सम्पूर्ण महिला सञ्चालित अटोमोबाइल शोरूम टोलीको सुरुवात हो, जसले नेपालको अटोमोबाइल उद्योगमा समावेशी कार्यस्थलको पनि उदाहरण प्रस्तुत गरेको छ।
उद्घाटनसँगै, बिर्तामोड शोरुममा डिसेम्बर ८ देखि १० सम्म किया एक्सचेन्ज क्याम्प पनि सञ्चालन भइरहेको छ । जहाँ ग्राहकहरूले आफ्नो सवारी सटही गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।

कार्यक्रममा कियाले सोनेट एच.टि.ई र सेल्टोस एच.टि. के (ओ) भेरियन्टहरू पनि सार्वजनिक गर्यो, जसले विभिन्न ग्राहक आवश्यकता अनुसार मोडेलहरूको विकल्प विस्तार गर्ने ब्राण्डको प्रतिबद्धता देखाउँछ।


कियाले ग्राहक सेवा र दीर्घकालीन प्रतिबद्धतालाई प्राथमिकता दिँदै नेपालभर आफ्नो संजाल विस्तार गर्दै आएको छ। नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा. लि. ले ३० वर्षभन्दा बढी समयदेखि कियाको सेवा संचालन गरिरहेको छ। कियाका इन्धन र बिद्युतीय दुवै प्रकारका सवारीसाधन विश्वभर उत्कृष्ट प्रविधि र भरपर्दोपनाका लागि चिनिन्छन् । जसले नेपाली यात्रामा पनि निरन्तर साथ दिँदै आएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्