झापा, मंसिर २३ । सिके राउत नेतृत्वको जनमत पार्टीले झापामा चुनावको तयारी थालेको छ ।

निर्वाचन आयोगमा दर्ता भएर दर्ता नं. १५० पाएको जनमत पार्टीले आफ्‌ना कार्यकर्ताहरुलाई निर्वाचनसम्बन्धी प्रशिक्षण दिने भएको छ । यसक्रममा मंसिर २५ गते बिहीवार जनमत पार्टीको जिल्ला समन्वय समितिको बैठक तथा निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रम झापाको बाह्रदशीमा राखिएको छ ।

बाह्रदशी–३ स्थित राजगढ बजारको सामुदायिक भवनमा आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्ष सिके राउतले प्रशिक्षण दिने जिल्ला अध्यक्ष भोटलाल राजवंशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्