झापा, मंसिर २५ । नेपाली कांग्रेसको क्षेत्रीय समितिहरुले प्रतिनिधि सभासंगै राष्ट्रिय सभा निर्वाचनका लागि पनि उम्मेद्वार सिफारिस गरेका छन् ।


झापा क्षेत्र नं ३ र ५ ले आ–आफ्‌नो क्षेत्रबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेर पठाएका हुन् । क्षेत्र नं ३ बाट राष्ट्रिय सभा निर्वाचनका लागि दयानन्द गोस्वामी , ओम सरावगी र प्रेमविक्रम भट्टराईको नाम पठाइएको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै क्षेत्र नं ५ ले पनि राष्ट्रिय सभा निर्वाचनका लागि तीनजना उम्मेद्वारको नाम पठाएको छ । शेरबहादुर भट्टराई , नौतली राजवंशी र अनिलकृष्ण प्रसाईको नाम पठाइएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिएका छन् । क्षेत्रीय समितिहरुबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस माग्ने र जिल्ला समितिले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेर पठाउने बताइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्