झापा, मंसिर २८ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका अर्का फरार थुनुवा पक्राउ परेका छन् ।

आज दिउँसो १२ः३० बजे बिर्तामोड वडा न.२ चैतुवारीबाट इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले २८ वर्षीय किरणकुमार राजवंशीलाई पक्राउ गरेको हो । लागूऔषधको कारोबार गरेको आरोपमा उनी पक्राउ परेका थिए । घरबाटै नियन्त्रणमा लिई उनलाई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्