झापा, मंसिर २८ । झापाको शिवसताक्षीमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान ८ः३० बजे शिवसताक्षी वडा न.२ इन्द्रेणी चोक बस्ने ७१ वर्षीय आनन्दहाङ लिम्बू आफ्नै बारीमा रहेको पिपलको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए ।
घाइतेलाई दमक अस्पताल दमक लगिएकोमा उपचारका क्रममा बिहान १०ः३० बजे मृत्यु भएको हो । मृतकको शव दमक अस्पताल दमकमा नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



