झापा, मंसिर २९ । झापामा सवारी साधन लगातार चोरी हुँदै आएको छ ।

हिजो बिहानको राति अन्दाजी २ बजे मेचीनगर नगरपालिका वडा नम्बर –१० विहानी किरण टोल बस्ने रत्नकुमार चौधरीको आफ्नै घरअगाडि पार्किङ गरी राखिएको प्र.१–०१–००२ह.१९७९न.को हरियो रंगको सिटी सफारी हराएको छ ।
त्यसको अघिल्लो दिन बिहानको राति २ बजे अर्जुनधारा ६सिर्जना टोल बस्ने युवराज बस्नेतको आफ्नै घरमा पार्किङ गरी राखिएको मे१ह१२३६न.को रातो रंगको सिटी सफारी हराएको थियो ।
त्यस्तै मंसिर २४गते राति अर्जुनधारा वडा नं ६महानन्द चौक बस्ने भक्ति शिवाकोटीको मे२प७७२न.को कालो रंगको मोटरसाइकल घरमा पार्किङ गरी राखेको अबस्थामा हराएको थियो ।
त्यस्तै मंसिर २५गते बिहान ९ः४० बजे दमक ५ स्थित नेपालरिका होटल अगाडी पार्किङ गरी राखेको काठमाण्डौ नयाँ बानेश्वर बस्ने तुलसा पन्तको नाममा रहेको रातो रंगको बा५९प५१०९नम्बरको स्कुटी हराएको थियो ।
त्यस्तै मंसिर २३गते दिउँसो ४बजे मेचीनगर वडा न.९बस्ने सुमन बर्देवाको नाममा दर्ता भएको प्रदेश न.१–०१–०१४प१४१९नम्बरको निलो रंगको मोटरसाइकल दमक ८ एनसेल कार्यालय अगाडी पार्किङ गरी राखेको ठाउँबाट हराएको थियो ।



