बिर्तामोड, मंसिर २९।विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले बिर्तामोडको हनुमान कम्प्लेक्समा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ ।

आजदेखि सञ्चालनमा आएको यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सशक्त सेवा र सहज सहयोग प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स
(इयरफोन/हेडफोन) तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।सर्भिस सेन्टरमा शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स र आधिकारिक मर्मत प्रक्रियाहरू अपनाइने छन् जसले ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।

यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रा. लि.ले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गत पर्ने कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ।

सर्भिस सेन्टर उद्घाटनको मितिदेखि एक महिनाको अवधिसम्म स्थानीय ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ। यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारिन्टी बाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट, साथै वारिन्टी बाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधाहरु प्राप्त गर्न सक्ने छन्।

यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले भने, “बिर्तामोडमा हाम्रो आधिकारिक सर्भिस सेन्टर खोलेर सेवा दिन पाउँदा हामी अत्यन्तै हर्षित छौँ। स्मार्टफोन मात्र नभई वेअरएबल्स र हियरएबल्स जस्ता लोकप्रिय उपकरणहरूको आधिकारिक सर्भिस उपलब्ध गराउँदा उपभोक्ताले अझ सहज र भरपर्दो सहयोग पाउने छन्। टेलिडाइरेक्ट प्रा. लि.सँगको सहकार्यले सेवा गुणस्तर र पहुँच दुवै थप मजबुत हुने विश्वास हामीले लिएका छौँ ।”

बिर्तामोडस्थित यो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहने छन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउने छन्।शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्