बरतलाल राजवंशी
कुमरखोद । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याव्सन ) झापा गाउँपालिकाद्वारा आयोजित पालिका स्तरीय नृत्य तथा गायन प्रतियोगिता आज सम्पन्न भएको छ ।


झापा गाउँपालिका वडा नं २ वन्डर लाईफ एकाडेमीको प्राङ्गणमा सम्पन्न गायन तथा नृत्य प्रतियोगितामा ५ वटा विद्यालयको सहभागिता रहेको थियो । प्याव्सनमा ९ वटा विद्यालय आवद्ध रहेतापनि ४ वटा विद्यालयले भाग नलिएको झापा गाउँपालिका प्याव्सन संयोजक गणेश सुवेदीले बताए ।

प्रतियोगितामा राष्ट्रिय नृत्यतर्फ चन्द्र ज्योति अंगेजी विद्यालय प्रथम, जय पाथीभरा अंग्रेजी विद्यालय र साउथ होराईजन अंग्रेजी विद्यालय दोस्रो तथा वन्डर लाईफ एकाडेमी र गौतम वुद्ध अंग्रेजी विद्यालय तृतीय भएका छन् ।
त्यसैगरी कल्चर नृत्यतर्फ जय पाथीभरा अग्रेजी विद्यालय प्रथम, चन्द्रज्योति अंग्रेजी विद्यालय दोस्रो र वन्डर लाईफ एकाडेमी तृतीय भएको छ ।

यसैगरी मोडल नृत्यतर्फ जय पाथीभरा अंग्रेजी विद्यालय प्रथम, चन्द्र ज्योति अंग्रेजी विद्यालय दोस्रो र वन्डर लाईफ एकाडेमी तृतीय भएको छ ।

त्यस्तै १२ वर्षभन्दा मुनिका गायन जुनियरतर्फ चन्द्रज्योती अंग्रेजी विद्यालयकी चाहना राई प्रथम , जय पाथीभरा अंग्रेजी विद्यालयका कुशल राजवंशी दोस्रो र साउथ होराईन अंग्रेजी विद्यालयकी कृषा थापा तृतीय भएकी छिन् ।

यसैगरी १२ वर्षभन्दा माथिको गायनतर्फ वन्डर लाईफ एकाडेमीका अनिस खत्री प्रथम , साउथ होराईजन अंग्रेजी विद्यालयकी पूजा सिटौला दोस्रो र गौतम वुद्ध अंग्रेजी विद्यालयका बाबुराम थपलिया तृतीय भएका छन् ।

सिनियर गायनतर्फ पाथीभरा अंग्रेजी विद्यालयका कक्षा १२ का छात्र एमडी मुवारक प्रथम भएका छन् । नृत्य र गायनतर्पm प्रथम भएका विद्यार्थीहरु पुष २४ गते हुने झापा प्याव्सनको कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्याव्सन झापा गाउँपालिका संयोजक गणेश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया रहेकी थिइन् । प्रमुख थपलियाले विधार्थीहरुको प्रतिभाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा आत्मविश्वास , सृजनशीलता र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने बताइन् । कार्यक्रममा झापा प्याव्सनका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक , निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक , शिक्षक , अभिभावक तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक सुनिल ढुङ्गानाले गरेका थिए भने स्वागत मन्तव्य चन्द्र ज्योतिका प्रधानाध्यापक अनुज ताम्लीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्