झापा, पुष १ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट भागेका एकजना थुनुवा पक्राउ परेका छन् ।

आज साँझ ५ बजे गौरादह वडा न.१ घर भई इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागेका ३४ वर्षीय सुशिलकुमार थापा पक्राउ परेका हुन् ।

लागूऔषध मुद्दामा पक्राउ परेका थापा भदौ २४ को जेनजी आन्दोलनको क्रममा हिरासत कक्षबाट भागी फरार भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोलीले उनकै घरबाट नियन्त्रणमा लिई इप्रका दमकमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्