झापा, पुष १ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका अर्का थुनुवा पक्राउ परेका छन् ।

आज साँझ ५.४० बजे अर्जुनधारा वडा न.७ कमलडाँगी घर भएका २० वर्षीय बुद्धिप्रसाद चम्लागाईलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध मुद्धामा इप्रका बिर्तामोडको हिरासतमा रहेका उनी भदौ २४ गते फरार भएका थिए ।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले उनलाई लुकिछिपि बसिरहेको अवस्थामा घरबाट नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा ल्याइएको छ ।



