झापा, पुष २ । दुईजना नाबालिकालाई बोलाएर एउटै घरमा जवर्जस्ती करणी गर्ने भद्रपुरका एक युवक पक्राउ परेका छन् भने अर्का फरार छन् ।


तीन दिनअघि मंसिर २८गते दिउँसो भद्रपुर नगरपालिका वडा नं. ५ स्थित अक्षय सापकोटाको घरमा निज अक्षय सापकोटा र सोही ठाउँ बस्ने वर्ष २३ का विवेक राईले १५ र १३ वर्षका दुई नाबालिकालाई ललाई फकाई सोही घरको अलग अलग कोठामा जवर्जस्ती करणी गरेका हुन् ।

पीडितका आफन्तले हिजो जाहेरी दिएपछि प्रहरीले विवेक राईलाई नियन्त्रणमा लिएको छ । अक्षय सापकोटा फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्