एजेन्सी । इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ ।

मोटरसाइकलमा आएर दुई व्यक्तिले ३३ वर्षीय फुटबलर पिनेइटा, उनकी आमा र ग्वायाकिल शहरको उत्तरमा रहेको एक महिलामाथि गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इक्वेडरको आन्तरिक मन्त्रालयले घटनाको अनुसन्धान गर्न विशेष प्रहरी एकाइ पठाएको बताएको छ ।
पिनेडाले आफ्नो व्यावसायिक करियर इन्डिपेन्डेन्टे डेल भ्यालेबाट शुरू गरेका थिए, त्यहाँ उनले सन् २०१० देखि २०१५ सम्म खेलेका थिए । त्यसपछि उनी सन् २०१६ मा तटीय शहर ग्वायाकिलको क्लबमा सरे र त्यहाँ दुई लिग उपाधि जितेका थिए । पिनेडाले सन् २०२२ मा ब्राजिलको फ्लुमिनेन्सबाट पनि खेलेका थिए ।

ग्वायाकिल शहर गिरोह हिंसा र लागूपदार्थ तस्करीका लागि ‘हटस्पट’ बनेको छ, यहाँ जनवरी र सेप्टेम्बरको बीचमा १ हजार ९०० जनाको हत्या भएको रेकर्ड गरिएको छ – यो संख्या इक्वेडरमा सबैभन्दा धेरै हो ।
यस्तै सेप्टेम्बरमा तीन दोस्रो श्रेणीका फुटबल खेलाडीको ज्यान गएको थियो र अक्टोबरमा भएको गोलीबारीमा एक स्थानीय खेलाडी घाइते भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्