झापा, पुष ४ । झापा कमल गाउँपालिका ६ तीनपैनी बस्ने टेकनाथ रेग्मीले आफ्नो खेतबारीमा लगाएको काजुको बिरुवा अपरिचित व्यक्तिले उखेलेर नष्ट गरेको छ ।

उनले करिव २०० वटा काजुको बिरुवा लगाएकोमा हिजो राति करिव ४० वटा बिरुवा उखेलेर नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर थप बुझ्ने तथा बिरुवा नष्ट गर्नेको खोजतलास भइरहेको जनाइएको छ ।



