झापा, पुष ४ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका अर्का थुनुवा पक्राउ परेका छन् ।

आज दिउँसो ३.१५ बजे बिर्तामोड वडा न.१ पश्चिम स्टेन्डबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड वडा न.१ पञ्चकन्या टोल बस्ने ३० वर्षीय बिशाल गौतमलाई पक्राउ गरेको हो । उनी लागूऔषधसम्बन्धी मुद्धामा पक्राउ परेका थिए । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा उनी इप्रका बिर्तामोडको हिरासतबाट फरार भएका थिए ।

जेन्जी आन्दोलनमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ३४ पुरुष र एक महिला गरी ३५ जना थुनुवा फरार भएकोमा हालसम्म एक महिलार १६ पुरुष गरी १७ जना पक्राउ परेका छन् ।१८ जना अझै फरार छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्