झापा, पुष ५ । आज दिउँसो भएको आगलागीबाट झापाको बाह्रदशीमा ग्वाली जलेर नष्ट भएको छ ।

दिउँसो ३ बजे बाह्रदशी गाउँपालिका ५ कटहरडाँगी बस्ने इच्छाराम निरौलाको काठ र टिनको छानो भएको एकतले ग्वालीमा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वाली पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ । स्थानीय र प्रहरीको सहयोगमा उक्त आगो ३ः४० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।



