झापा, पुष ५ । झापाको भद्रपुरमा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

आज बिहान करिब १०ः३० बजे भद्रपुर नगरपालिका–५ स्थित बसपार्कमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इलाम सूर्योदय नगरपालिका–१२ घर भई हाल बिर्तामोड नगरपालिका–१० मा बस्दै आएका ३३ वर्षीय अनिल प्रधानलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्दा उनले मलद्वारमा प्लास्टिकको पोका पारी लुकाएको लागूऔषध ब्राउनसुगर फेला परेको थियो । तौल गर्दा प्लास्टिकबाहेक २ ग्राम १०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै आजैै बिहान १०.३० बजे भद्रपुर नगरपालिका–५ नरसिंह बगानमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भद्रपुर नगरपालिका–६ तेलिभिट्टाका २५ वर्षीय नारायण राजवंशीलाई प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा बायाँ खुट्टाको चपलमा लुकाएको ब्राउनसुगर फेला परेको थियो ।

उक्त ब्राउनसुगर प्लास्टिकबाहेक १ ग्राम ६१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्