झापा, पुष ७ । झापाबाट राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले १५ जनाको नाम सिफारिस गरेको छ ।


सुधिरकुमार शिवाकोटी , शेरबहादुर भट्टराई , दयानन्द गोस्वामी , हर्कलाल गिरी , यामप्रसाद भण्डारी , ओमप्रकाश सरावगी , टीकाप्रसाद प्रसाई ,अनिलकृष्ण प्रसाई ,केदारनाथ ढकाल,ओम विमली, प्रेम भट्टराई , राधा सुब्बा , नौतली राजवंशी , नीता पुरी र विनकुमार विश्वकर्माको नाम सिफारिस गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।

यसैबीच काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरिएका पूर्व सांसद सुधिरकुमार शिवाकोटीले आफू सांसद नबन्ने घोषणा गरेका छन् । उनले पार्टीले राष्ट्रिय सभाको उम्मेद्वारका रुपमा सिफारिस गरेपनि अब आफू संसदीय फाँटको जिम्मेवारीमा नजाने बताए ।

संविधान सभा सदस्य रहेका बिर्तामोड निवासी शिवाकोटी नेपाली काँग्रेस झापाका पूर्वसभापति समेत हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्