झापा, पुष ७ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका १७ थान हतियार र करिव १० हजार राउण्ड गोली अझै गायव नै छ ।

आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हतियार बेवारिसे अबस्थामा भेटिएपनि करिव डेढ दर्जन हतियार फिर्ता नभेटिएको प्रहरी स्रोतले जनाएको छ ।
जनपद प्रहरीबाट लुटिएको १६ थान हतियार फिर्ता भएको छैन । एसएलआर –१ थान, ३०३ – १ थान, एसएमजी–२ थान ,सर्टगन –१ थान,ईन्सास– १ थान, मार्क फोर राइफल– २ थान, रिवल्वर –४ थान , पेस्तोल– १ थान र ग्यास गन –२ थान फिर्ता नभएको हो । त्यस्तै ९ हजार ९१ राउण्ड गोली फिर्ता नभएको प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरीतर्फ एसएलआर १ थान , एसएलआर म्याग्जिन ४ वटा, राउण्ड ७.६२ एमएम ५३९ वटा र ग्यास सेल ४ वटा फिर्ता नभएको जनाइएको छ ।



